BIZMANDU
www.bizmandu.com

सुरु भयो सगरमाथा संवाद, जलवायु परिवर्तन र हिमाल मानव सम्बन्धमा चर्चा हुने

२०८२ जेठ २

सुरु भयो सगरमाथा संवाद, जलवायु परिवर्तन र हिमाल मानव सम्बन्धमा चर्चा हुने
सुरु भयो सगरमाथा संवाद, जलवायु परिवर्तन र हिमाल मानव सम्बन्धमा चर्चा हुने

काठमाडौं । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ।

Tata
GBIME

प्रधानमन्त्री केपी शर्माले आज राजधानीमा आयोजित विशेष समारोहमा संवादको उद्घाटन गरेका हुन्।

समारोहमा स्वदेशी र विदेशी गरि ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ। समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी थिइन्।

समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ। आइतबारसम्म संचालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु संचालन हुनेछन्।

सबै तस्विर : प्रवीण रानाभाट