BIZMANDU
www.bizmandu.com

निर्मला पन्त प्रकरणमा पत्रकार खेम भण्डारी गाली बेइज्जती मुद्दामा दोषी ठहर, एक महिना जेल बस्नुपर्ने

२०८२ जेठ १

निर्मला पन्त प्रकरणमा पत्रकार खेम भण्डारी गाली बेइज्जती मुद्दामा दोषी ठहर, एक महिना जेल बस्नुपर्ने
निर्मला पन्त प्रकरणमा पत्रकार खेम भण्डारी गाली बेइज्जती मुद्दामा दोषी ठहर, एक महिना जेल बस्नुपर्ने


काठमाडौं। निर्मला पन्तको बलात्कार र हत्या प्रकरण ट्विस्ट गराउने आरोप खेपेका पत्रकार खेम भण्डारी गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका छन्।

Tata
GBIME

तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले दायर गरेको गाली बेइज्जती मुद्दामा जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले भण्डारीलाई बिहीबार दोषी ठहर गर्दै एक महिना कैदको फैसला सुनाएको हो।

भण्डारी सम्पादक रहेको मानसखण्ड दैनिक पत्रिका तथा सामाजिक सञ्जालमा आफूलाई बद्नाम गराउने गरी समाचार लेखिएको भन्दै विष्टले गाली बेइज्जतीमा मुद्दा दर्ता गराएका थिए।

यसअघि विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै जिल्ला अदालत बार एसोसिएसनले दायर गरेको मुद्दामा भण्डारीलाई अदालतले गत साउनमा एक घण्टा जेल र एक रुपैयाँ जरिवाना हुने आदेश सुनाएको थियो।