BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकले जनकपुरस्थित संकटमोचन देवशरण रामरती विद्यालयलाई दियो पंखा

२०८२ जेठ १

सिटिजन्स बैंकले जनकपुरस्थित संकटमोचन देवशरण रामरती विद्यालयलाई दियो पंखा
सिटिजन्स बैंकले जनकपुरस्थित संकटमोचन देवशरण रामरती विद्यालयलाई दियो पंखा

काठमाडौं। सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषाको जनकपुरधामस्थित संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयलाई पंखा सहयोग गरेकोे छ।

Tata
GBIME
Nepal Life

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक समारोहबीच विद्यालयलाई बिहीबार पंखा हस्तान्तरण गरे।

विद्यालयमा करिब एक हजार विद्यार्थी अध्ययनरत छन्। गर्मी मौसममा विद्यार्थीको पठनपाठनमा सहज होस् भनेर पंखा सहयोग गरेको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।