BIZMANDU
www.bizmandu.com

अर्थतन्त्र सुधारको बाटोमा, वास्तविक क्षेत्रका कम्पनीले बढाए व्यापार, कुनको नाफा कति ?

२०८२ जेठ १

अर्थतन्त्र सुधारको बाटोमा, वास्तविक क्षेत्रका कम्पनीले बढाए व्यापार, कुनको नाफा कति ?
अर्थतन्त्र सुधारको बाटोमा, वास्तविक क्षेत्रका कम्पनीले बढाए व्यापार, कुनको नाफा कति ?


काठमाडौं। आर्थिक शिथिलताले लगातार वित्तीय अवस्था बिग्रिएका वास्तविक क्षेत्रका कम्पनीको व्यापारमा सुधार आएको छ।

Tata
GBIME
NLIC

नेप्सेमा सूचीकृत वास्तविक क्षेत्रका १० मध्ये ६ कम्पनीले चालु आर्थिक वर्ष तेेस्रो त्रैमासमा आम्दानी बढाएका छन्। ५ कम्पनीले खुद नाफा वृद्धि गरेका छन्।

दुई कम्पनीले नोक्सानी घटाएका छन्। सर्वोत्तम सिमेन्टले सबैभन्दा धेरै पाँच गुणाले खुद नाफा बढाएको छ। पोहोर ९ महिनामा १२ करोड रुपैयाँ खुद नाफा कमाएको सर्वोत्तम सिमेन्टले यस वर्ष सोही अवधिमा ६० करोड ३० लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण निकालेको छ।

हिमालयन डिस्टिलरीले ७३ करोड ९२ लाख रुपैयाँ मुनाफा कमाएको छ। कम्पनीले आर्जन गरेको मुनाफा पोहोर ९ महिनाको तुलनामा २.५१ गुणा धेरै हो।

कोकाकोला उत्पादक बोटलर्स नेपालका दुई कम्पनी र युनिलिभर बाहेकका कम्पनीको वित्तीय अवस्थामा सुधार आएको हो। युनिलिभर नेपालको व्यापारमा सामान्य गिरावट आएको छ।

युनिलिभर यसअघि आर्थिक शिथिलतामा पनि उच्च मुनाफा आर्जन गर्ने कम्पनीको सूचीमा थियो।

नेप्सेमा सूचीकृत वास्तविक क्षेत्रका कम्पनीको दुई आर्थिक वर्षको वित्तीय अवस्था (रु हजारमा)

कम्पनी२०८१/८२
(आम्दानी)
२०८०/८१
(आम्दानी)
फरक %२०८१/८२
(खुद नाफा)
२०८०/८१
(खुद नाफा)
फरक %
बोटलर्स नेपाल बालाजु७०७४४३४७१८४३८६-१.५३१५९७९५९८९१-७३.३२
बोटलर्स नेपाल तराई४९१३६६०५८१३६००-१५.४८८०७५५२६१४२७-६९.११
नेपाल ल्युब आयल८९५३६१८२२७७७८.८२३२४१११६१०५१०१.२५
युनिलिभर नेपाल१९६६५००१९९५५००-१.४५४८२२००४८६१००-०.८
हिमालयन डिस्टीलरी५३९८३९२२७४४११३९६.७३७३९२४१२१०४१६२५१.३२
शिवम् सिमेन्ट५३९७२९६५९९७७५३-१०.०१४००५४७२०४२८२९६.०८
घोराही सिमेन्ट३५२६५२३३०८६२५५१४.२७-५५४३६४-६४२५५९
सोनापुर मिनरल्स१७६४२२९११७७७६५४९.७९-७५९३६-२७८०२०
सर्वोत्तम सिमेन्ट६८११४१०४५५९०९९४९.४६०३०३६१२०७६९३९९.३३
ओम मेगाश्री फर्मास्युटिकल्स२१४८९३१३६०००५८.०१७५६०४१२९८३.१

घोराही सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको व्यापारमा सुधार आएको छ। यी कम्पनीले नोक्सानी घटाएका छन्।

दुई वर्षदेखि लगातार ऋणात्मक रहेको निर्माण क्षेत्र चलायमान भएसँगै सिमेन्ट कम्पनीको नाफा वृद्धि भएको देखिन्छ। राष्ट्रिय तथ्यांक कार्यालयले यसपटक निर्माण क्षेत्रको वृद्धि सकारात्मक हुने अनुमान गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि सुधार हुँदै‌ गएको छ। बजारमा माग बढ्न थालेका कारण वास्तविक क्षेत्रका कम्पनीहरुको वित्तीय अवस्थामा पनि सुधार देखिएको हो।