BIZMANDU
www.bizmandu.com

सेयर बजारमा लगातार गिरावट, नेप्से परिसूचक ८.४१ अंकले घटेर २६११.८५ विन्दुमा

२०८२ जेठ १

सेयर बजारमा लगातार गिरावट, नेप्से परिसूचक ८.४१ अंकले घटेर २६११.८५ विन्दुमा
सेयर बजारमा लगातार गिरावट, नेप्से परिसूचक ८.४१ अंकले घटेर २६११.८५ विन्दुमा


काठमाडौं। सेयर बजारमा लगातार पाँचौ दिन गिरावट आएको छ। नेप्से परिसूचक बिहीबार ८.४१ अंकले घटेर २६११.८५ विन्दुमा आएको छ। कारोबार रकम पनि घटेको छ।

Tata
GBIME
NLIC

कारोबारमा आएका होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका उपसमूहले‍ बजार घटाएका हुन्। विकास बैंकको सूचक सर्वाधिक २.१२ प्रतिशतले ओरालो लागेको छ भने होटल तथा पर्यटनको सूचक सर्वाधिक ४.९१ प्रतिशतले उकालो लागेको छ।

१६४ कम्पनीका सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। कर्पोरेट डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ८.६५ प्रतिशतले घटेको छ।

८२ कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रह्यो। ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बजारमा ७ अर्ब ८ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक सोल्टी होटलको ४६ करोड १९ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै राधी विद्युत कम्पनीको ४४ करोड १७ लाख र युनिभर्सल पावरको ३३ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।