BIZMANDU
www.bizmandu.com

महालेखाको वार्षिक प्रतिवेदन : हाइड्रोपावरमा सर्वसाधारणको लगानी जोखिममा छ

२०८२ बैशाख ३१

महालेखाको वार्षिक प्रतिवेदन : हाइड्रोपावरमा सर्वसाधारणको लगानी जोखिममा छ
महालेखाको वार्षिक प्रतिवेदन : हाइड्रोपावरमा सर्वसाधारणको लगानी जोखिममा छ


काठमाडौं। महालेखापरीक्षकको कार्यालयले सेयर बजारमा हुने भित्री कारोबारलाई स्पष्ट बनाउन सुझाव दिएको छ।

Tata
GBIME
NLIC

कार्यालयले बुधबार ६२औं वार्षिक प्रतिवेदनमार्फत बजारमा बारम्बार भित्री कारोबार भइरहेको भन्दै त्यसलाई स्पष्ट पार्न सुझाव दिएको हो।

‘धितोपत्र बजारमा बारम्बार देखिने भित्री कारोबारलाई थप स्पष्ट एवं पारदर्शी र व्यवस्थित बनाउन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ।

महालेखाले हाइड्रोपावरको सेयरमा सर्वसाधारण लगानीकर्ताको सम्पत्ति जोखिममा रहेको भन्दै तत्काल सम्बोधन हुनुपर्ने बताएको छ।

‘प्रवर्धकले सुरुमा सर्वसाधारणलाई सेयर खरिद गर्न प्रोत्साहन गर्ने र लक इन अवधि समाप्त भएलगत्तै आफ्ना सेयर बेची कम्पनी छोड्ने र सो रकम अर्को आयोजनामा सार्ने प्रवृत्ति देखिएको छ। यसबाट सर्वसाधारणहरूको लगानी जोखिममा परेकोले यो समस्याको तत्काल सम्बोधन हुनुपर्दछ,’ महालेखाले भनेको छ।

महालेखाले धितोपत्र बजारमा विकास भएका इक्विटी डेरिभेटिभ्स, इण्डेक्स फण्ड, एक्सचेन्ज ट्रेडिङ जस्ता नयाँ उपकरण भित्र्याउन सुझाएको छ। यस्तै, वस्तु विनियम बजार सञ्चालनमा ध्यान दिन पनि भनेको छ।