BIZMANDU
www.bizmandu.com

स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राईलाई धरौटीमा छोड्न अदालतको आदेश

२०८२ बैशाख ३१

स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राईलाई धरौटीमा छोड्न अदालतको आदेश
काठमाडौं जिल्ला अदालत।

काठमाडौं। सहकारी ठगीको मुद्दा खेपिरहेकी सत्तारुढ नेपाली कांग्रेसकी सांसद माया राईलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

Tata
GBIME

जिल्ला अदालत काठमाडौंले राईलाई १० लाख रुपैयाँ धरौटीमा छोड्न बुधबार आदेश दिएको हो। उनलाई दुई साताअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारी ठगीमा पक्राउ गरेको थियो।

राईमाथि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको अभियोग छ। कांग्रेसकी समानुपातिक सांसद उनले सहकारीको संचालकका रुपमा काम गरेकी थिइन्।

सहकारी ठगी प्रकरण बाहिरिएपछि राई फरार भएकी थिइन्। प्रहरीको फरार सूचीमा रहँदा पनि उनले संसद् सचिवालयबाट तलब सुविधा बुझ्दै आएकी थिइन्।