BIZMANDU
www.bizmandu.com

बुटवल पावरलाई न्यादीको ३१ लाख कित्ता सेयर बिक्रीमा सेबोनको रोक, विवरण पेस गर्न निर्देशन

२०८२ बैशाख ३१

बुटवल पावरलाई न्यादीको ३१ लाख कित्ता सेयर बिक्रीमा सेबोनको रोक, विवरण पेस गर्न निर्देशन
sebon nepal नेपाल धितोपत्र बोर्ड samartha ranjit share

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बुटवल पावर कम्पनीलाई न्यादी हाइड्रोपावरको सेयर बिक्री प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ।

Tata
GBIME

सेबोनले बुधबार कम्पनीलाई पत्र पठाएर कानुन विपरीत सेयर बिक्री अघि बढाएको भन्दै यथार्थ विवरण पेस निर्देशन दिएको हो।

बुटवल पावर कम्पनीले वैशाख २४ गते आफ्नो नाममा रहेको न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्रीका लागि सूचना निकालेको थियो।

बुटवल पावर कम्पनीका सञ्चालकहरु न्यादी हाइड्रोपावरमा समेत सञ्चालक छन्। कम्पनीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली विपरीत सेयर बिक्री प्रक्रिया अघि बढाएपछि सेबोनले लगाम लगाएको हो।