BIZMANDU
www.bizmandu.com

सुन तोलामा ५ सय बढ्यो, चाँदी १० रुपैयाँ घट्यो, कति छ कारोबार मूल्य?

२०८२ बैशाख ३१

सुन तोलामा ५ सय बढ्यो, चाँदी १० रुपैयाँ घट्यो, कति छ कारोबार मूल्य?
सुन तोलामा ५ सय बढ्यो, चाँदी १० रुपैयाँ घट्यो, कति छ कारोबार मूल्य?


काठमाडौं। सुनको मूल्य घट्न ब्रेक लागेको छ। तीन दिनदेखि घटिरहेको सुनको मूल्य बुधबार तोलामा ५ सय रुपैयाँ बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ८५ हजार ३ सय रुपैयाँ भएको छ।

मंगलबार २ हजार रुपैयाँले घटेर सुन प्रति तोला १ लाख ८४ हजार ८ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। बुधबार १० रुपैयाँ घटेर प्रति तोला १ हजार ९ सय ६० रुपैयाँमा आइपुगेको छ। अघिल्लो दिनका तुलनामा मंगलबार १० रुपैयाँ बढेर प्रति तोला १ हजार ९ सय ७० रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३२२४.२२ डलर छ भने चाँदी प्रतिऔंस ३२.६ डलर छ।