BIZMANDU
www.bizmandu.com

नेरोलेक पेन्टसलाई दिएको साढे २ करोडको चेक बाउन्स, राजदेवी इन्टरप्राइजेजकी संचालक फरार

२०८२ बैशाख ३१

नेरोलेक पेन्टसलाई दिएको साढे २ करोडको चेक बाउन्स, राजदेवी इन्टरप्राइजेजकी संचालक फरार
नेरोलेक पेन्टसलाई दिएको साढे २ करोडको चेक बाउन्स, राजदेवी इन्टरप्राइजेजकी संचालक फरार

काठमाडौं । ठुला व्यवसायी कारोबारमा पनि चेक बाउन्सका घटना बढिरहेको देखिएको छ। विभिन्न रंगहरूको व्यापार गर्दै आएको नेरोलेक पेन्टसलाई पनि चेक बाउन्सको घटनाले छोडेको छैन।

Tata
GBIME

केही समयअघि मात्र पेन्टसलाई भुक्तानीको लागि आएको साढे २ करोडको चेक बाउन्स भएको छ। त्यसपछि पेन्टबाट उजुरी लिएर आधिकारीक व्यक्ति प्रहरीमा पुगेका थिए।

काठमाडौंको जोरपाटीमा संचालनमा रहेको राजदेवी इन्टरप्राइजेजले दिएको २ करोड ४८ लाख रुपैयाँको चेक बाउन्स भएको हो। राजदेवीकी संचालक कल्पना गोयन्का र नेरोलेक पेन्टसबिच २०७८ सालदेखि कारोबार भएको थियो। जसको भुक्तानीको लागि दिएको चेक पटक पटक बैंकमा साट्न जाँदा मौज्दात नभएको भन्दै फिर्ता आएको थियो।

त्यसपछि नेरोलेक कम्पनीबाट अनुराग गोयलले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले अनुसन्धान गरेपछि राजदेवी इन्टरप्राइजेजकी संचालक भने फरार रहेकी छिन्।

प्रहरीमा पछिल्लो समय चेक बाउन्सको घटना बढेको छ। झन् अब चेक बाउन्सको घटनामा प्रहरीले मात्र अनुसन्धान गर्ने भएपछि थप चाप बढ्ने देखिएको छ।