BIZMANDU
www.bizmandu.com

लाइफ इन्स्योरेन्सले बढाए नाफा, निर्जीवन बीमा कम्पनीको मुनाफा ५४.४५% ले घट्यो

२०८२ बैशाख ३१

लाइफ इन्स्योरेन्सले बढाए नाफा, निर्जीवन बीमा कम्पनीको मुनाफा ५४.४५% ले घट्यो
लाइफ इन्स्योरेन्सले बढाए नाफा, निर्जीवन बीमा कम्पनीको मुनाफा ५४.४५% ले घट्यो


काठमाडौं । लाइफ इन्स्योरेन्सले नाफा बढाउँदा अधिकांश निर्जीवन बीमा कम्पनीको मुनाफा भने घटेको छ। चालु आर्थिक वर्ष ९ महिनामा १४ जीवन बीमा कम्पनीले ४ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

Tata
GBIME

लाइफ इन्स्योरेन्सले आर्जन गरेको मुनाफा पोहोर चैतको तुलनामा ११.९३ प्रतिशत धेरै हो। कम्पनीहरुले गत वर्ष तेस्रो त्रैमाससम्म ४ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका थिए।

सन नेपाल र राष्ट्रिय जीवन बीमा बाहेक सबै कम्पनीले मुनाफा बढाएका छन्। नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ६५ करोड २२ लाख रुपैयाँ मुनाफा कमाएको छ।

दुई आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीले आर्जन गरेको मुनाफा(रु हजारमा)

लाइफ इन्स्योरेन्स२०८१/८२२०८०/८१फरक %
नेसनल लाइफ४०८५२२३८८३७९५.१९
नेपाल लाइफ६५२२२३६००३६७८.६४
लाइफ इन्स्योरेन्स कर्पोरेसन२३६०२२१९२४२५२२.६६
एसियन लाइफ३३४७१६२०९८४४५९.५१
हिमालयन लाइफ४७२४००४३५४२९८.४९
सूर्यज्योति२९५७५०२२४२३०३१.९
प्रभु महालक्ष्मी२७०७२३२६८९२००.६७
सानिमा रिलायन्स३३७६५७३०४८३११०.७७
आइएमई३६६३३३३३१५६०१०.४९
रिलायबल नेपाल४६५७९६३४०२९३३६.८८
सन नेपाल३२८९९७४९३६६८-३३.३६
सिटिजन३५७६४८२८१३०३२७.१४
राष्ट्रिय जीवन बीमा कम्पनी१५४१९२४५१४-३७.१
मेट लाइफ३४५११४२७०४५१२७.६१

निर्जीवन बीमा कम्पनीको व्यवसायमा भने धक्का लागेको छ। गत असोजमा आएको बाढी पहिरोका कारण उच्च दाबी आउँदा निर्जीवन बीमा कम्पनीको नाफा घटेको हो।

चालु वर्ष चैतसम्म कम्पनीहरुले २ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका छन्। कम्पनीहरुले आर्जन गरेको मुनाफा पोहोर सोही अवधिको तुलनामा ५४.४५ प्रतिशत कम हो।

इन्स्योरेन्सले गत वर्ष चैतसम्म ५ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएका थिए।

दुई आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरेको मुनाफा (रु हजारमा)

निर्जीवन बीमा कम्पनी२०८१/८२२०८०/८१फरक %
नेपाल इन्स्योरेन्स१७८४५०२९४६५२-३९.४४
राष्ट्रिय बीमा कम्पनी३९५६६३५१६३३६-२३.३७
हिमालयन एभरेष्ट३३२३७९६०६५४८-४५.२
युनाइटेड अजोड११६१२२२७४२२४-५७.६५
सिद्धार्थ प्रिमियर४५३६०४५९७१०३-२४.०३
नेको३६९३२८३७७४९६-२.१६
प्रभु२००२८८३९१४६५-४८.८४
सगरमाथा लुम्बिनी२५१९४९४७५४०६-४७
आइजीआई२६५१०१४६७६२९-४३.३१
शिखर३५७०५४३५०७६११.७९
एनएलजी१२३३४२१३६७१२-९.७८
सानिमा जीआईसी२३३५५७२००९७७१६.२१
ओरियण्टल-१३८३४०४६१७३१
नेसनल-७२८१५११४१०३३

शिखर र सानिमा जीआईसी बाहेकका इन्स्योरेन्सको नाफामा गिरावट आएको छ। सानिमा जीआईसीले १६.२१ प्रतिशतले मुनाफा वृद्धि गरेको छ भने शिखर इन्स्योरेन्सले १.७९ प्रतिशतले बढाएको छ।

सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले सबैभन्दा धेरै ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ। ओरियन्टल र नेसनल इन्स्योरेन्स नोक्सानीमै गएका छन्।