BIZMANDU
www.bizmandu.com

हुन्डाईले भरतपुरमा सार्वजनिक गर्‍यो क्रेटा इभी, पहिलो दिन नै ५ वटा गाडी हस्तान्तरण

२०८२ बैशाख ३०

हुन्डाईले भरतपुरमा सार्वजनिक गर्‍यो क्रेटा इभी, पहिलो दिन नै ५ वटा गाडी हस्तान्तरण
हुन्डाईले भरतपुरमा सार्वजनिक गर्‍यो क्रेटा इभी, पहिलो दिन नै ५ वटा गाडी हस्तान्तरण

काठमाडौं। हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भरतपुरमा क्रेटा इभी सार्वजनिक गरेको छ।

Tata
GBIME

कम्पनीले आफ्नो आधिकारिक डिलर पिनाकल ट्रेडिङको शोरुममा क्रेटा इभी सार्वजनिक गरेको हो। क्रेटा इभी सार्वजनिक गर्ने क्रममा कम्पनीले ग्राहकसँग अन्तर्क्रिया पनि गरेको थियो।

क्रेटा इभीले भरतपुरका ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। सार्वजनिक गरिएकै दिन भरतपुरमा ५ वटा क्रेटा इभी ग्राहकलाई हस्तान्तरण गरिएको छ।