अमेरिका र चीनबीच एकअर्का माथि लगाइएको करलाई तत्कालका लागि अस्थायी रुपमा कटौती गर्ने सहमति भएको छ।
अमेरिकाका वित्त मन्त्री स्कट बेसेन्टले दुवै देशले आउने ९० दिनका लागि ‘रेसिप्रोकल ट्याक्स’ ११५ प्रतिशत कटौती गर्ने सहमति भएको बताएका हुन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि कर घोषणा गरेपछि चीनले पनि अमेरिकी सामानमा कर लगाएको थियो। दुवै देशले एकअर्का माथि करको भारत थप्दै गएको थियो।
स्वीटजरल्याण्डमा भएको छलफलका क्रममा यो समझ्दारी भएको हो। सोमबार छलफलमा भएको सहमति सार्वजनिक गरिएको हो।
ट्रम्पले चीनबाट आयात हुने सामानमा १४५ प्रतिशत कर लगाएका थिए। चीनले जवाफमा अमेरिकी उत्पादनमाथि १२५ प्रतिशत कर लगाएको छ। दुवै देशबीच ‘ट्यारिफ वार’ चल्दा विश्व वित्तीय बजारमा नै उथलपुथल मच्चिएको छ।