काठमाडौं। हिमालयन डिस्टिलरीको नाफामा उछाल आएको छ। कम्पनीले चालु आर्थिक वर्ष ९ महिनमा ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीको यो नाफा गत आर्थिक वर्षको ९ महिनाको तुलनामा २५१.३२ प्रतिशत धेरै हो।
कम्पनीले गत वर्ष तेस्रो त्रैमाससम्म २१ करोड रुपैयाँ मुनाफा कमाएको थियो। आम्दानी वृद्धि हुँदा कम्पनीको नाफामा उछाल आएको हो।
सूचक | २०८१/८२ | २०८०/८१ | फरक % |
चुक्ता पुँजी (रु हजारमा) | ३०७३४०१ | २६७२५२३ | १५ |
रिजर्भ (रु हजारमा) | ८८७६३१ | ५२८२६१ | ६८.०३ |
सञ्चालन आम्दानी (रु हजारमा) | ४३०७३०२ | २७४४११३ | ५६.९७ |
खुद बिक्री आम्दानी (रु हजारमा) | २७८५०९१ | १४०५४४३ | ९८.१६ |
वित्तीय लागत (रु हजारमा) | १२४८ | १०७६ | १५.९९ |
खुद नाफा (रु हजारमा) | ७३९२४१ | २१०४१६ | २५१.३२ |
प्रति सेयर आम्दानी (रुपैयाँ) | ३२.०८ | ९.१३ | २५१.३७ |
प्रति सेयर नेटवर्थ (रुपैयाँ) | १२८.८९ | ११९.७७ | ७.६१ |