BIZMANDU
www.bizmandu.com

वसन्त ऋतुमा हिमाल आरोहणबाट ७७ करोड रोयल्टी संकलन, सगरमाथाबाट मात्रै साढे ६७ करोड

२०८२ बैशाख २९

वसन्त ऋतुमा हिमाल आरोहणबाट ७७ करोड रोयल्टी संकलन, सगरमाथाबाट मात्रै साढे ६७ करोड
तस्बिर : रासस।


काठमाडौं। यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणबाट ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो।

Tata
GBIME
NLIC

सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ। सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका २ सय ४० महिला र ८८७ पुरुष गरी कुल १ हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्।

विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कुल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन्।

आमादब्लममा १० समुहका १०२, ल्होत्सेमा ९ समूहका १०७, मकालुमा ८ समूहका ७९, कञ्चनजङ्घामा ७ समूहका ७५, नुस्सेमा ६ समूहका ७६ र अन्नपूर्णमा ६ समूहका ६६ आरोही छन्।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन्। आरोहण अनुमति जारी रहेकाले अझै सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ। रासस