BIZMANDU
www.bizmandu.com

सोमबारदेखि मौलाकालीमा इला होटल संचालनमा आउँदै, आइएमई ग्रुपको लगानी

२०८२ बैशाख २८

सोमबारदेखि मौलाकालीमा इला होटल संचालनमा आउँदै, आइएमई ग्रुपको लगानी
सोमबारदेखि मौलाकालीमा इला होटल संचालनमा आउँदै, आइएमई ग्रुपको लगानी

काठमाडौं । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका-१ मौलाकालीमा इला होटल तथा रिसोर्ट संचालनमा आउने भएको छ। सोमबार औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट संचालनमा आउने भएको हो। 

Tata
GBIME

मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा कोठा, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध छन्।

केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ।

आइएमई ग्रुपले ७ वटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ। हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई संचालनमा आइसकेका छन्।

लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ। त्यहाँ अबको एक वर्षभित्र केबलकार संचालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि संचालनमा आउने छन। त्यस्तै, ताप्लेजुङको पाथीभरामा पनि केबलकार निर्माण प्रक्रियामा छ।