BIZMANDU
www.bizmandu.com

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित, संशोधनका सबै प्रस्ताव अस्वीकृत

२०८२ बैशाख २८

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित, संशोधनका सबै प्रस्ताव अस्वीकृत
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित काठमाडौँ, २८ वैशाखः आर्थिक वर्ष २०८२÷०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट ध्वनी मतको आधारमा बहुमतले पारित । तस्बिरः किरणराज विष्ट÷रासस


काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

Tata
GBIME
NLIC

बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्। यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो। त्यसमा वैशाख २२ देखि २८ गतेसम्म छलफल चलेको थियो।

छलफलको अन्तिम दिन आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए। छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै पुराना कार्यक्रम खोज्नेलाई उनले सत्ता समीकरण फेरिँदा यस्ता कोर्स करेक्सन हुने तर्क गरेका थिए।

‘अघिल्लो समीकरणलाई नयाँ समीकरणले नीति वा कार्यक्रम फेरिनु कोर्स करेक्सन हो,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘फेरिएको कोर्सलाई हेरेर पहिलेको खै त भन्ने माननीयलाई यही रुपमा बुझिदिन आग्रह गर्दछु।’

आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए। ती सबै अस्वीकृत भएका थिए।