BIZMANDU
www.bizmandu.com

सेयर बजारमा ११.५३ अंकको गिरावट, १० अर्ब २० करोडको कारोबार

२०८२ बैशाख २८

सेयर बजारमा ११.५३ अंकको गिरावट, १० अर्ब २० करोडको कारोबार
सेयर बजारमा ११.५३ अंकको गिरावट, १० अर्ब २० करोडको कारोबार

काठमाडौं। सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक आइतबार ११.५३ अंकले घटेर २६५०.११ विन्दुमा आएको छ।

Tata
GBIME
Nepal Life

कारोबारमा आएका डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, निर्जीवन बीमा कम्पनी र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्।

फाइनान्सको सूचक सर्वाधिक ३.७२ प्रतिशतले घटेको छ। १६४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक ७.४५ प्रतिशतले घटेको छ।

८२ कम्पनीको सेयर मूल्य बढेको छ। पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। बजारमा १० अर्ब २० करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

राधी विद्युत् कम्पनीको ६६ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, ङादी पावरको ६० करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।