BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया लघुवित्तद्वारा तीन प्रदेशका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम

२०८२ बैशाख २८

एनआइसी एसिया लघुवित्तद्वारा तीन प्रदेशका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम
एनआइसी एसिया लघुवित्तद्वारा तीन प्रदेशका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं। एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न शाखाहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

Tata
GBIME
NLIC

गत शुक्रबार र शनिबार ७ वटा शाखाहरूमा साक्षरता कार्यक्रमसँगै आधारभूत बाख्रापालन र सुन्तला खेती तालिम आयोजना गरिएको संस्थाले जनाएको छ। आयोजित कार्यक्रममध्ये प्रदेशका शाखाहरू पाउदुरमा ५१, सिरानचौरमा ३८, अमरापुरीमा ४५, ठाकुरद्धारामा ३०, बागचौरमा ३८, छायाछेत्रमा ४७ जनाको सहभागिता थियो।

स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, तीन वटै प्रदेशका अनुगमन अधिकृतज, शाखा प्रमुख र अन्य कर्मचारीहरू समेतको उपस्थितिमा कार्यक्रममा थियो।

वित्तीय साक्षरता कार्यक्रम र आधारभूत बाख्रापालन तालिममा विभिन्न संस्थामा आबद्ध २ सय ४९ जना सदस्यहरूको उपस्थितिमा रहेको संस्थाको विज्ञप्तिमा छ।