BIZMANDU
www.bizmandu.com

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ, राज्यविरुद्धको कसुर मुद्दा आकर्षित गरिने

२०८२ बैशाख २८

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ, राज्यविरुद्धको कसुर मुद्दा आकर्षित गरिने
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ, राज्यविरुद्धको कसुर मुद्दा आकर्षित गरिने

काठमाडौं। शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो।

Tata
GBIME

तीनकुने घटनामा अध्यक्ष बस्नेतको संलग्नता देखिएपछि प्रहरीले खोजी गरिरहेको थियो। जिल्ला अदालत काठमाडौंबाट उनी विरुद्ध प्रहरीले केही समयअगाडी नै पक्राउ पुर्जी लिइसकेको थियो।

उनीमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान हुने जनाइएको छ। चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको अराजक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो।