BIZMANDU
www.bizmandu.com

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २.५० प्रतिशत बोनस सेयर

२०८२ बैशाख २८

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २.५० प्रतिशत बोनस सेयर
एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २.५० प्रतिशत बोनस सेयर

काठमाडौं। एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME

इन्स्योरेन्सका सेयरधनीले चुक्ता पुँजीको २.५० प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन्।

कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.१३ प्रतिशतले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ।

नेपाल बीमा प्राधिकरण र साधारण सभाबाट स्वीकृत भएपछि कम्पनीका सेयरधनीले लाभांश प्राप्त गर्नेछन्। हाल इन्स्योरेन्सको २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी छ।