BIZMANDU
www.bizmandu.com

सुनचाँदी बजार : सुन तोलामा ३ सय घट्दा चाँदीको मूल्यमा १० रुपैयाँ बढोत्तरी

२०८२ बैशाख २८

सुनचाँदी बजार : सुन तोलामा ३ सय घट्दा चाँदीको  मूल्यमा १० रुपैयाँ बढोत्तरी
सुनचाँदी बजार : सुन तोलामा ३ सय घट्दा चाँदीको मूल्यमा १० रुपैयाँ बढोत्तरी


काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घटेको छ। गत शुक्रबारका तुलनामा ३ सय रुपैयाँ घटेर आइतबारका लागि कारोबार मूल्य प्रति तोला १ लाख ९० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

शुक्रबार सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेर प्रति तोला १ लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आइतबार बढेको छ। १० रुपैयाँ बढेर प्रति तोला १ हजार ९ सय ७० रुपैयाँ भएको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार ९ सय ६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ३३२६.१५ डलरले कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस ३२.७३ डलर छ।