BIZMANDU
www.bizmandu.com

‘परिवारलाई एकसाथ ल्याउने’ नाराका साथ नेपाल भित्रियो नोबेल ब्रान्डका एप्लायन्स

२०८२ बैशाख २६

‘परिवारलाई एकसाथ ल्याउने’ नाराका साथ नेपाल भित्रियो नोबेल ब्रान्डका एप्लायन्स
‘परिवारलाई एकसाथ ल्याउने’ नाराका साथ नेपाल भित्रियो नोबेल ब्रान्डका एप्लायन्स

काठमाडौं । नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रा. लि. र एनबीएससी प्रा. लि. ले नेपालमा नोबेल ब्रान्डको औपचारिक सरुवात गरेको छ।

Tata
GBIME

नोबेलले विशेष गरेर मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लान्स र बिल्ट-इन एप्लायन्सहरुको उत्पादन गर्दछ। हाल यो ब्रान्डका उपकरण २६ देशहरुमा बिक्री वितरण भइरहेको छ।

नेपालमा ‘परिवारलाई एकसाथ ल्याउने’ नारा सहित भित्रिएको नोबेलका उपकरणहरु उत्पादन गर्न युरोप, चीन, भारत, टर्कीए लगायत विश्वका उत्कृष्ट कारखानाबाट सामाग्री संकलन गर्ने गरेको कम्पनीले जनाएको छ।

नोबले इलेक्ट्रोनिक्स नेपालका महाप्रबन्धक सञ्जिता कार्कीले नोबेल ब्रान्ड नेपाल भित्र्याउँदा पाउँदा खुशी व्यक्त गर्दै एप्लायन्सहरुले नेपाली परिवारहरुलाई उचित मूल्यमा आधुनिक प्रविधि र भरपर्दो सेवा दिने बताइन्।

हाल नोबेलका एप्लायन्सहरु विशेष अफरमा समेत राखिएको छ।