BIZMANDU
www.bizmandu.com

गभर्नर तत्काल नियुक्तिका लागि सरकारलाई रुलिङ गर्न रास्वपाले गरायो सभामुखको ध्यानाकर्षण

२०८२ बैशाख २६

गभर्नर तत्काल नियुक्तिका लागि सरकारलाई रुलिङ गर्न रास्वपाले गरायो सभामुखको ध्यानाकर्षण
गभर्नर तत्काल नियुक्तिका लागि सरकारलाई रुलिङ गर्न रास्वपाले गरायो सभामुखको ध्यानाकर्षण


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभाको शुक्रबारको बैठकमा (रास्वपा)ले गभर्नर तत्काल नियुक्तिका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएको छ।

Tata
GBIME
NLIC

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा रास्वपाका सांसद हरि ढकालले अर्थतन्त्र चलायमान बनाउनदेखि देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्न राष्ट्र बैंकको नेतृत्वको हरेक दिनको भूमिका महत्वपूर्ण हुने भन्दै तत्काल गभर्नर नियुक्त गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन्।

‘यो सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन। मौद्रिक नीति कार्यान्वयन गर्ने, त्रैमासिकरुपमा मौद्रिक नीति समीक्षा गर्ने, वित्त र मुद्रा बजारलाई नियमन गर्ने निकायमा भद्दा राजनीतिक लालसा देखाइएको छ। वर्तमान अवस्थाको जटिल अर्थतन्त्रलाई चलायमान बनाउन गभर्नरको भूमिका हरेक एक एक दिन महत्वपूर्ण छ। ग्रे लिस्टबाट बाहिर निकाल्न पनि राष्ट्र बैंकको नेतृत्वको एक एक दिनको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘यस्तो अवस्थामा दलीय भागबण्डाको विषय बनाएर गभर्नर नियुक्त भएको छैन। सभामुखबाट सरकारलाई गभर्नर नियुक्ति तत्काल गर्न रुलिङ होस् भन्ने चाहन्छु।’

राष्ट्र बैंकमा गभर्नरको पद चैत २४ गतेदेखि खाली छ।