काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्से करेक्सनमा रह्यो। बिहीबार सेयर बजार १२.०४ अंकले घट्दै २६६१.६४ विन्दुमा रह्यो। कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ।
बुधबार बजारले ६२.२५ अंकको छलाङ हान्दा २६७३.६९ विन्दुमा पुगेको थियो। १३ वटै समूह बढ्दा १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको थियो। बिहीबार ११ अर्ब ६५ करोडको कारोबार भएको छ।
फाइनान्स, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डका सूचक मात्रै हरियो भए। ८ समूह घट्दा सूचक घटेको भए पनि ४.३० प्रतिशतले बढेको फाइनान्स समूहले सूचक सम्हालेको देखिएको छ।
व्यापार २ र अन्य समूह १.८१ प्रतिशतले घटेको छ। १५० कम्पनीको सेयरमूल्य घटेको छ भने ९६ कम्पनीको बढेको छ। दुई कम्पनीको सेयरूंल्य बढेर पोजेटिभ सर्किट लागेको छ भने तीन कम्पनीको सेयर सर्किट स्तरमा बढेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयरमा सर्किट लागेको हो। छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर ९.९९ र आइसीएफसी फाइनान्सको सेयर ९.७४ प्रतिशतले बढेको छ।
११ अर्ब ६५ करोड रुपैयाँको कारोबार हुँदा सर्वाधिक ङादी ग्रुप अफ पावरको ७८ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सानिमा माई हाइड्रोपावरको ६५ करोड ४९ लाख, युनिभर्सल पावरको ५७ करोड १ लाख र राधी विद्युतको ४३ करोड ३९ लाखको सेयर किनबेच भएको छ।