काठमाडौं। एनसेलले ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ संचालनमा ल्याएको छ। पहिलो सप इन सप एनसेल भैरहवामा बिहीबारबाट संचालनमा ल्याएको हो।
भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा बिक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप संचालन गरेको हो। एनसेलका चिफ अफ स्टाफ स्टिवन रोड्रिगेजले एनसेल सप इन सपको उद्घाटन गरेका छन्।
सप इन सपबाट ग्राहकहरुले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरु एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्ने कम्पनीले जनाएको छ। एनसेल प्रयोगकर्ताहरुले सिम लिने, रिचार्ज गर्ने, केवाइसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणिकरण गर्ने, लोकप्रिय सधैं अन रिन्यूअल जस्ता प्याकहरु, सेवा, सुविधा लिने, ईसिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउने लगायतका विविध ग्राहक सेवा लिन सक्छन्।
‘अब हाम्रा ग्राहकहरुले सबै ग्राहक सेवाहरु नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन्। आजबाट औपचारिकरुपमा संचालनमा आएको यो पहिलो सप इन सप एक उदाहरण हो। यस अवधारणा अनुरुप हामीले देशैभर विभिन्न स्थानहरुमा थप सप इन सपहरु संचालनमा ल्याउने योजना अनुसार काम गरिरहेका छौं जसले हाम्रो ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउने छ। हाम्रो थिम ‘हामी तपाईंकै लागि’को मूल मर्म अनुसार ग्राहकहरुलाई सेवा प्रदान गर्न सधैं प्रतिबद्ध छौं,’ रोड्रिगेजले भने।
एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टरहरु पनि संचालन गर्दै आएको छ।