BIZMANDU
www.bizmandu.com

नयाँ चरणको आर्थिक सुधारमा वर्षमान पुनको जोड, ‘आचार्यको नीति अनुसरण गरेर अघि बढौं’

२०८२ बैशाख २५

नयाँ चरणको आर्थिक सुधारमा वर्षमान पुनको जोड, ‘आचार्यको नीति अनुसरण गरेर अघि बढौं’
नयाँ चरणको आर्थिक सुधारमा वर्षमान पुनको जोड, ‘आचार्यको नीति अनुसरण गरेर अघि बढौं’


काठमाडौं। पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको आवश्यकता औंल्याएका छन्।

Tata
GBIME
NLIC

उनले बिहीबार बिजमाण्डूले गरेको प्रि-बजेट कन्फ्रेन्समा पञ्चायतको अन्त्यतिर डा. प्रकाशचन्द्र लोहनी र २०४७ पछि महेश आचार्यले लिएको नीतिमा अब सुधार आवश्यक रहेको बताए।

‘राजनीतिक दल, निजी क्षेत्र सबै मिलेर अब हामी नयाँ आर्थिक पुनर्संरचनामा जानुपर्छ। यसमा पञ्चायतको अन्त्यतिर डा. प्रकाशचन्द्र लोहनी र २०४७ पछि महेश आचार्यले लिएको नीतिलाई सुधार गर्न आवश्यक छ,’ उनले भने, ‘हाम्रो अर्थतन्त्र समुदायमा आधारित छ। जस्तो सामुदायिक वन छ, सहकारी छ। यसकै वरिपरि बसेर निजी क्षेत्रलाई लगानीका सबै पाटो खुला गरेर नयाँ चरणको आर्थिक सुधारमा जानुपर्छ।’

पुनले बजारमा सरकारले नियमन बढाउनुपर्ने आवश्यकता पनि औंल्याए।

‘विकसित अर्थन्त्रहरू आफ्ना उत्पादनको संरक्षणमा लागेका छन्। यसबाट हामी पनि अछुतो रहन सक्दैनौं। विश्व अन्तरनिर्भर अर्थतन्त्रमा गएको छ, यसले गर्दा विश्व व्यवस्थासँग मिल्दोजुल्दो र प्रतिस्पर्धी अर्थतन्त्र अपनाउन जरुरी छ,’ उनले भने, ‘एकातिर लोकप्रियतावाद देखिएको छ भने अर्कातिर आसेपासे पुँजीवाद देखिएको छ। क्रोनी क्यापिटिलिजम देखियो। त्यसैले सबैचिज बजारलाई छोड्ने होइन। केही कुरा त सरकारले पनि नियमन गर्नुपर्छ। ‘

उनले सरकारको खर्च गर्ने क्षमता बढाउनुपर्नेमा पनि जोड दिए।