BIZMANDU
www.bizmandu.com

भारतको स्वामी कैलाशानंद महाराजद्वारा चन्द्रागिरिस्थित भालेश्वर महादेव दर्शन

२०८२ बैशाख २५

भारतको स्वामी कैलाशानंद महाराजद्वारा चन्द्रागिरिस्थित भालेश्वर महादेव दर्शन
भारतको स्वामी कैलाशानंद महाराजद्वारा चन्द्रागिरिस्थित भालेश्वर महादेव दर्शन


काठमाडौं। भारतको प्रसिद्ध निरञ्जन अखाडाका स्वामी कैलाशानंद महाराजले चन्द्रागिरिस्थित भालेश्वर मन्दिर दर्शन गरेका छन्।

Vigo
GBIME
Tata

नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने क्रममा स्वामी कैलाशानंद महाराजले चन्द्रागिरिस्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका हुन्। दर्शनलगत्तै कैलाशानंद महाराजले भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गर्न पुगेको बताएका छन्।

काठमाडौंमा रहँदा चन्द्रागिरि रिसोर्टमा बसेका स्वामी कैलाशानंदले पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भन्दै प्रशंसा गरेका छन्।

स्वामी कैलाशानंदसहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न पाउनु अत्यन्तै स्मरणीय अनुभव भएको बताए।

नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानन्दले लुम्बिनी केबलकारमा यात्रा गरी वसन्तपुर पुगेर कामाख्या देवीको मन्दिर दर्शन तथा रसुवाको गोसाईंकुण्ड र काठमाडौंमा दक्षिणकाली मन्दिरमा समेत पूजा आराधना गरेका छन्।

नेपालका विभिन्न धार्मिकस्थलमा भएको स्वामी कैलाशानन्दको भ्रमणले नेपालको धार्मिक तथा अध्यात्मिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ।