BIZMANDU
www.bizmandu.com

सीएनआई र नेपाल विश्वविद्यालयले सहकार्य गर्ने, शिक्षा र उद्योगलाई जोड्ने समझदारी

२०८२ बैशाख २४

सीएनआई र नेपाल विश्वविद्यालयले सहकार्य गर्ने, शिक्षा र उद्योगलाई जोड्ने समझदारी
सीएनआई र नेपाल विश्वविद्यालयले सहकार्य गर्ने, शिक्षा र उद्योगलाई जोड्ने समझदारी


काठमाडौं। शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल विश्वविद्यालयले सहकार्य गर्ने भएका छन्।

Tata
GBIME
NLIC

यस सम्बन्धमा सीएनआई र विश्वविद्यालयबीच बुधबार समझदारी भएको छ। समझदारी पत्रमा सीएनआईका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार डा. सूर्यराज आचार्यले हस्ताक्षर गरेका छन्।

सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्तिको आवश्यकतामा जोड दिंदै विश्वविद्यालयले त्यस्ता जनशक्ति उत्पादनमा ध्यान दिने विश्वास व्यक्त गरे। उनले यसका लागि परम्परागत शैक्षिक कार्यक्रममा रुपान्तरणको आवश्यकता औंल्याए।

अग्रवालले नेपाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई उद्योगसँग जोड्न सहयोग गर्ने प्रतिबद्धता जनाए।

नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दु लोहनीले सीपयुक्त जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भन्दै विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाइका लागि उद्योगहरुमा इन्टर्नसिप गराउन सीएनआईले सहयोग गर्नुपर्ने बताए।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्कीले सीप, उद्यमशीलता र नवीनतासँगै विद्यार्थीमा असल भावना विकास गराउने गरी कार्यक्रम बनाउने बताए।