BIZMANDU
www.bizmandu.com

नाइमा नेपाल मोबिलिटी एक्स्पोका लागि खुलाइयो बुकिङ, म्याद वैशाख २९ गतेसम्म

२०८२ बैशाख २४

नाइमा नेपाल मोबिलिटी एक्स्पोका लागि खुलाइयो बुकिङ, म्याद वैशाख २९ गतेसम्म
नाइमा नेपाल मोबिलिटी एक्स्पोका लागि खुलाइयो बुकिङ, म्याद वैशाख २९ गतेसम्म


काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले नाइमा नेपाल मोबिलिटी एक्स्पोका लागि बुकिङ खुलाएको छ।

Tata
GBIME
NLIC

साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्सपोका लागि स्टल बुकिङ खुलाएको हो। स्टल बुकिङका लागि वैशाख २९ गतेसम्मको समय दिइएको छ।

इच्छुक कम्पनीले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन्। स्टल बाँडफाँड पारदर्शीरुपमा लटरी प्रणालीमार्फत गरिने एसोसिएसनले जनाएको छ।

एसोसिएसनका अनुसार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन तथा हलुका व्यावसायिक सवारीसाधनका लागि कम्पनीले आफ्नो आवश्यकताअनुसार कुनै पनि स्टल रोज्न सक्नेछन्।

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित रुपमा मोबिलिटी एक्स्पो गरिने बताइन्। ‘नेपाल मोबिलिटी एक्स्पोले अटोमोबाइल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने लक्ष्य राखेको छ,’ उनले भनिन्।