BIZMANDU
www.bizmandu.com

भारत पाकिस्तान तनाव : रातारात पहाडबाट तराईमा पठाइयो सशस्त्र प्रहरीको टोली

२०८२ बैशाख २४

भारत पाकिस्तान तनाव : रातारात पहाडबाट तराईमा पठाइयो सशस्त्र प्रहरीको टोली
भारत पाकिस्तान तनाव : रातारात पहाडबाट तराईमा पठाइयो सशस्त्र प्रहरीको टोली


काठमाडौं । भारत र पाकिस्तानबीच युद्ध भएपछि नेपालमा सकर्तकता बढाइएको छ। तराई क्षेत्रमा भारत-नेपाल सीमामा सशस्त्र प्रहरीको संख्या ह्वात्तै बढाइएको हो।

Tata
GBIME
NLIC

भारतले पाकिस्तानमा आक्रमण गरेपछि हाल दुवै देशबीच तनाव उत्कर्षमा पुगेको छ। भारतले मंगलबार राति नै पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा ‘एयर स्ट्राइक’ गरेको थियो। भारतले पाकिस्तान र पिओकेमा आक्रमण गरेपछि नेपाली सुरक्षा एजेन्सीहरुले पनि सकर्त भएका हुन्।

मंगलबार राति नै पहाडमा तैनाथ सशस्त्र प्रहरीलाई तराईको सीमा क्षेत्रमा पठाइएको छ। ठूलो संख्यामा सशस्त्र प्रहरीलाई तराईमा तैनाथ गरिएको हो।

यस्तै, सादा पोसाकमा समेत सूचना संकलन गर्ने तरि सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा खटाइएको छ।

यता, नेपाल प्रहरीले पनि आफ्नो संगठनमा सकर्तकता अपनाउन निर्देशन दिइसकेको छ। नेपाल प्रहरीले पनि सूचना संकलन र सुरक्षा संवेदनशीलतालाई हेरेर योजना बनाइरहेको छ।

नेपाल र भारतबीच खुला सीमाना हुँदा दुवै तर्फबाट अपराधिक समूहको आवतजावत हुने गरेको छ। दुवै देशले खुला सीमामा यस्ता गतिविधि रोक्ने विभिन्न ड्रिल गर्दै आएको छ।