BIZMANDU
www.bizmandu.com

विशाल बजारबाट हुन्डीको ४० लाख ३२ हजार ५ सय रुपैयाँ बरामद, दुई जना पक्राउ

२०८२ बैशाख २४

विशाल बजारबाट हुन्डीको ४० लाख ३२ हजार ५ सय रुपैयाँ बरामद, दुई जना पक्राउ
विशाल बजारबाट हुन्डीको ४० लाख ३२ हजार ५ सय रुपैयाँ बरामद, दुई जना पक्राउ


काठमाडौं। काठमाडौंको विशाल बजारबाट ४० लाख ३२ हजार ५ सय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको ओमबहाल बस्ने भारतको कोलकाता यादवपुरका ६७ वर्षीय सुरज दत्त र चन्द्रागिरि-१५ तीनथाना बस्ने रुपन्देहीको देवदहका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन्।

Tata
GBIME
NLIC

हुन्डीको कारोबार भइरहेको विशेष सूचनाको आधारमा विशाल बजारको भुइँ तलामा मंगलबार साँझ खानतलासी गर्दा रकम बरामद भएको प्रहरीले जनाएको हो। बरामद रकम वैध भएको दत्त र ढकालले विश्वसनीय स्रोत खुलाउन सकेनन्।  

बरामद रकममा १००० दरका ४०२० र ५०० दरको २५ वटा नोट छन्। विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेका दुई वटा खाली चेक, १९ वटा चेक र ११ वटा पासबुक पनि छन्। रकमसँगै दुवैलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको छ।