काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको नाफा ६८.९६ प्रतिशत घटेको हो।
चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको छ। पोहोर ९ महिनामा ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो। खुद ब्याज आम्दानी बढे पनि फी-आम्दानी घट्दा नाफा प्रभावित भएको हो।
लघुवित्तको खुद ब्याज आम्दानी ०.३९ प्रतिशत बढेको छ। लघुवित्तको खराब कर्जा ८.२६ प्रतिशतबाट घटेर ५.८५ प्रतिशत झरेको छ। चैत मसान्तसम्ममा संस्थाले ३७ करोड ५० लाख प्रोभिजनिङ गरेको छ।
लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ४० लाखमा सीमित छ। पोहोर ९ महिनामा लघुवित्तको यस्तो नाफा ३३ करोड ८७ लाख थियो।
लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैयाँ छ। त्यसैगरी, प्रतिसेयर नेटवर्थ २५३.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १ हजार ८७३ छ।