BIZMANDU
www.bizmandu.com

सुनको मूल्य लगातार उच्च, १७ सय बढ्दा तोलाको १ लाख ९१ हजार रुपैयाँमाथि

२०८२ बैशाख २४

सुनको मूल्य लगातार उच्च, १७ सय बढ्दा तोलाको १ लाख ९१ हजार रुपैयाँमाथि
सुनको मूल्य लगातार उच्च, १७ सय बढ्दा तोलाको १ लाख ९१ हजार रुपैयाँमाथि

काठमाडौं। बढोत्तरीमा लगातार कीर्तिमान बनाइरहेको सुनको मूल्य उच्च हुने क्रम थामिएको छैन। बुधबार प्रति तोला १ लाख ९१ हजार ६ सय रुपैयाँ पुगेको छ।

Tata
GBIME

साताको तेस्रो दिनका तुलनामा तोलामा १ हजार ७ सय रुपैयाँ बढेर कारोबार १ लाख ९० हजारभन्दा माथि लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबारका तुलनामा मंगलबार ५ हजार ३ सय रुपैयाँ बढेर कारोबार मूल्य प्रति तोला १ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य बुधबार स्थिर छ। मंगलबार तोलामा ५५ रुपैयाँ रुपैयाँ बढेर प्रति तोला १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ३३८४.७८ डलर भएको छ। चाँदी प्रतिऔंस ३३.०३ डलर छ। मंगलबार सुन प्रति औंस ३३५५.७८ डलर थियो भने चाँदी ३२.९८ डलर थियो।