काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनी संचालक समितिको मंगलबार भएको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १२.६३१५ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ। जसमध्ये १२ प्रतिशत बोनस सेयर छ भने ०.६३१५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनीले पाउनेछन्।