BIZMANDU
www.bizmandu.com

कोहलपुर-सुर्खेत प्रसारण लाइनमा स्थानीयको अवरोधले बन्न सकेन तीन टावर, मन्त्रीले दिए यस्तो निर्देशन

२०८२ बैशाख २३

कोहलपुर-सुर्खेत प्रसारण लाइनमा स्थानीयको अवरोधले बन्न सकेन तीन टावर, मन्त्रीले दिए यस्तो निर्देशन
कोहलपुर-सुर्खेत प्रसारण लाइनमा स्थानीयको अवरोधले बन्न सकेन तीन टावर, मन्त्रीले दिए यस्तो निर्देशन


काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन्।

Tata
GBIME
NLIC

उनले मंगलबार आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर विवाद तत्काल समाधान गरी बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।

बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण आयोजना अन्तर्गत तीनवटा टावर निर्माण हुन सकेको छैन।

२‎‎०७७ भदौमा सम्झौता भई दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्ट खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भएको थियो।

मन्त्री खड्काले आयोजनाभित्र परेका घर परिवारलाई उचित क्षतिपूर्ति दिएर पुनर्वासको सुनिश्चितता गर्न आयोजना प्रमुखलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।