BIZMANDU
www.bizmandu.com

स्वर्णिम वाग्लेले भने- सानो रोटीको लुछाचुँडी धेरै भयो, अर्थतन्त्रको आकार बढाउन लागौं

२०८२ बैशाख २३

स्वर्णिम वाग्लेले भने- सानो रोटीको लुछाचुँडी धेरै भयो, अर्थतन्त्रको आकार बढाउन लागौं
स्वर्णिम वाग्लेले भने- सानो रोटीको लुछाचुँडी धेरै भयो, अर्थतन्त्रको आकार बढाउन लागौं


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारको ध्यान अर्थतन्त्रको आकार बढाउनतिर केन्द्रित हुनुपर्ने बताएका छन्।

Tata
GBIME
NLIC

उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सानो रोटीको लुछाचुँडी छोडेर अर्थतन्त्रको आकार बढाउन सुझाव दिए।

‘सानो रोटीको लुछाचुँडी धेरै भयो हामीकहाँ। योभन्दा अगाडिका अर्थमन्त्रीले १८६० अर्बको बजेट ल्याउनभयो। माघमा गएर सुकाइने गरिन्छ। १६९३ अर्बमा झारियो। हिजोसम्म जम्मा १११३ अर्ब खर्च भएको छ। त्यसैले अब सानो आकारमा लुछाचुँडी नगरौं,’ उनले भने, ‘अर्थतन्त्रको आकार बढाउनतिर जानुपर्‍यो। त्यसका लागि सुशासन चाहिन्छ। कुशासनमा कारण हामीले तीस वर्षमा ५५ खर्बको जीडीपी गुमायौं।’

उनले अर्थतन्त्र विस्तारका लागि डिजिटलाइजेसन, ऊर्जा, पर्यटन, कृषि लगायतलाई प्राथमिकता दिन सुझाव दिए।

सांसद वाग्लेले नीति तथा कार्यक्रममा दुई तिहाइ बहुमतको सामर्थ्य झल्किन नसकेको बताए। ‘दुई तिहाइको सरकारको लय, चरित्र, सामर्थ्य यस्तै नै हो त? सत्तारुढ दलहरुमै ठूलो निराशा छ,’ उनले भने, ‘दुई तिहाइको सरकारले आफ्नो स्ट्रेन्थ नै थाहा नपाएको जस्तो महसुस हुन्छ। कुनै उत्साह छैन। कुनै विराट उद्देश्य हुनुपर्ने हो नि, यस्तो दुर्लभ प्रयोग गर्दा। नतिजा के छ?शून्य।’

उनले अर्थतन्त्रलाई तंग्र्याउने कुरा नआएको र कर्मचारीहरुमा भर पर्दा नीति तथा कार्यक्रम कर्मकाण्डी र निरस खालको हुन पुगेको बताए।

‘मुख्य सचिवले सबै मन्त्रालयसँग बुँदा मागेर जोड्दा कतै बाझिएको छ। अनुभव नै नभएका कर्मचारीलाई नीति तथा कार्यक्रम बनाउन लगाइएको छ। जसले सिनर्जी मिस भएको छ। अन्तर मन्त्रालय समन्वय देखिंदैन,’ उनले भने, ‘अर्थतन्त्र तंग्र्याउने कुरा छैन। सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गरोस्।’