BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा एकैदिन ५ हजार ३ सयको बढोत्तरी, तोलाको १ लाख ९० हजारनजिक

२०८२ बैशाख २३

सुनको मूल्यमा एकैदिन ५ हजार ३ सयको बढोत्तरी, तोलाको १ लाख ९० हजारनजिक
सुनको मूल्यमा एकैदिन ५ हजार ३ सयको बढोत्तरी, तोलाको १ लाख ९० हजारनजिक

काठमाडौं। सुनको मूल्य बढ्दै फेरि तोलाको १ लाख ९० हजार रुपैयाँ नजिक पुगेको छ। अघिल्लो दिनको भन्दा तोलामा ५ हजार ३ सय रुपैयाँले बढेर मंगलबार कारोबार मूल्य प्रति तोला १ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि ५ सय बढ्दा सोमबार प्रति तोला १ लाख ८४ हजार ६ सय रुपैयाँ भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी तोलामा ५५ रुपैयाँ बढेर प्रति तोला १ हजार ९ सय ६५ रुपैयाँ भएको छ। आइतबार र सोमबार प्रति तोला १ हजार ९ सय १० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको मूल्य बलियो भएको छ। सुन प्रति औंस ३३५२.५३ डलर पुगेको छ। गत आइतबार प्रति औंस ३२४१.३६ रहेको सुनको मूल्य सोमबार बढेर ३२५७.८६ डलर पुगेको थियो।

चाँदी प्रति औंस ३२.९७ डलरले कारोबार भइरहेको छ। सोमबार ३२.२२ डलर थियो भने आइतबार ३२.०५ डलर थियो।