काठमाडौं। नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ। सुनको भाउ मंगलबार प्रति तोला ५ हजार ३०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य प्रति तोला एक लाख ८९ हजार ९०० रुपैयाँ पुगेको छ। सुन सोमबार बजार प्रति तोला एक लाख ८४ हजार ६०० रुपैयाँका दरले कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ। चाँदीको भाउ मंगलबार प्रति तोला एक हजार ९६५ रुपैयाँ कायम भएको छ।