BIZMANDU
www.bizmandu.com

हिमालयन रि-इन्स्योरेन्सको लाभांश घोषणा, ४.५० प्रतिशत बोनस सेयर दिने

२०८२ बैशाख २३

हिमालयन रि-इन्स्योरेन्सको लाभांश घोषणा, ४.५० प्रतिशत बोनस सेयर दिने
हिमालयन रि-इन्स्योरेन्सको लाभांश घोषणा, ४.५० प्रतिशत बोनस सेयर दिने

काठमाडौं। हिमालयन रि-इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME

कम्पनीका लगानीकर्ताले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ४.५० प्रतिशतले हुन आउने ४६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर पाउने छन्।

इन्स्योरेन्सले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२४ प्रतिशतले हुन आउने २ करोड ४६ लाख ३१ हजार रुपैयाँ नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भए सेयरधनीले लाभांश पाउनेछन्। कम्पनीले आर्थिक वर्ष २०७९/८० मा पनि ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।