BIZMANDU
www.bizmandu.com

माओवादी अध्यक्ष दाहाललाई भेट्न अर्थमन्त्री पौडेल खुमलटारमा, बजेट निर्माणको सन्दर्भमा परामर्श

२०८२ बैशाख २३

माओवादी अध्यक्ष दाहाललाई भेट्न अर्थमन्त्री पौडेल खुमलटारमा, बजेट निर्माणको सन्दर्भमा परामर्श
माओवादी अध्यक्ष दाहाललाई भेट्न अर्थमन्त्री पौडेल खुमलटारमा, बजेट निर्माणको सन्दर्भमा परामर्श


काठमाडौं। आफ्नो पालोको सरकारले ल्याएका योजनाहरु काटेकोमा सरकारप्रति तिक्तता पोखेका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्थमन्त्री विष्णु पौडेलले भेटेका छन्।

Tata
GBIME
NLIC

दुवैबीच प्रचण्ड निवास खुमलटारमा भेटघाट भएको हो। आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि मंगलबार बिहान भेट भएको प्रचण्डको सचिवालयले जनाएको छ।

एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा आफूले ल्याएका योजनामा ओली सरकारले कैंची लगाएको भन्दै प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले सोमबार आपत्ति प्रकट गरेका थिए। संसद्‍मा बोल्दै उनले अघिल्लो सरकारद्वारा घोषित दर्जनभन्दा बढी योजना काटिएको र नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजनाको नाम नै नलिएको बताएका थिए।

सरकार यतिबेला आगामी वर्षका लागि बजेट बनाइरहेको छ। यस सन्दर्भमा अर्थमन्त्री पौडेलले नेताहरुसँग छलफल गर्ने र परामर्श लिने गरिरहेका छन्। यही सन्दर्भमा प्रचण्डसँग भेट गरेका हुन्।