BIZMANDU
www.bizmandu.com

उबुन्टु नेपाल र सीएसआरआईबीच उबु-कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी

२०८२ बैशाख २२

उबुन्टु नेपाल र सीएसआरआईबीच उबु-कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी
उबुन्टु नेपाल र सीएसआरआईबीच उबु-कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी

काठमाडौं। नेपालमा ओपन-सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवर्धनका लागि उबुन्टु नेपाल र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (सीएसआरआई)बीच औपचारिक साझेदारी भएको छ।

Tata
GBIME

काठमाडौंमा आइतबार दुवै संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। साझेदारीअन्तर्गत दुवै संस्थाले संयुक्त रुपमा आगामी भदौ १३ देखि १४ (अगस्ट ३० देखि ३१ सम्म) मा उबु-कन एशिया २०२५ भर्चुअल सम्मेलन आयोजना गर्ने भएका छन्।

उबुन्टु नेपालका आदित्य सिंह, उबु-कन एशिया २०२५ आयोजक समितिका प्रमुख तथा सीएसआरआईका अध्यक्ष डा. शालिग्राम पराजुली र महासचिव डा भोजराज घिमिरेले हस्ताक्षर गरेका हुन्।

यस समझदारी र सहकार्य केवल सम्मेलन आयोजनासम्म सीमित नभई नेपालको सूचना प्रविधि क्षेत्रको दीर्घकालीन विकास र ओपन-सोर्स र साइबर सुरक्षा क्षेत्रको सुदृढीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास दुई संस्थाको छ।

अब सीएसआरआई ‘कम्युनिटी पार्टनर’का रूपमा उबु-कन एशिया २०२५ मा मान्यता प्राप्त गर्नेछ।