BIZMANDU
www.bizmandu.com

केआईआईटीमा प्रिसा साहको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको रुलिङ

२०८२ बैशाख २२

केआईआईटीमा प्रिसा साहको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको रुलिङ
बैठक सञ्चालन गर्नुहुँदै सभामुख घिमिरे काठमाडौँ, २२ वैशाखः सभामुख देवराज घिमिरे नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा सोमबार प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस


काठमाडौं। भारतको उडिसास्थित केआईआईटीमा अध्ययनरत वीरगंजकी प्रिसा साहको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन संसद्ले सरकारलाई निर्देशन दिएको छ।

Tata
GBIME
NLIC

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सांसदहरुले आकस्मिक समय लिएर बोल्दै प्रिसाको मृत्युको विषय उठाएपछि सभामुख देवराज घिमिरेले यसलाई राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न भन्दै सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका हुन्।

सभामुख घिमिरेले प्रिसाका परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न र विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितता गर्न पनि सरकारलाई निर्देशन दिए।

‘प्रिसाको निधनमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ। उज्यालो भविष्यको सपना बोकेर विदेशिएका विद्यार्थीको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न हो। सरकारलाई यसमा गम्भीर चासो लिंदै सत्यतथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग सम्वाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु,’ उनले भने, ‘साथै विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्नका लागि आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिन्छु।’

केआईआईटीमा अध्ययनरत प्रिसा गत बिहीबार राति विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा भेटिएकी थिइन्। अढाइ महिनाअघि यही विश्वविद्यालयमा बुटवलकी प्रकृति लम्साल पनि छात्रावासमा मृत अवस्थामा भेटिएकी थिइन्।