BIZMANDU
www.bizmandu.com

मोटरसाइकल सवारका झोलामा नगद ९५ लाख रुपैयाँ, स्रोत खुलाउन नसक्दा पक्राउ

२०८२ बैशाख २२

मोटरसाइकल सवारका झोलामा नगद ९५ लाख रुपैयाँ, स्रोत खुलाउन नसक्दा पक्राउ
मोटरसाइकल सवारका झोलामा नगद ९५ लाख रुपैयाँ, स्रोत खुलाउन नसक्दा पक्राउ


काठमाडौं। दुई मोटरसाइकल सवारका झोलामा उल्लेख्य परिमाणमा नगद बरामद भएको छ। ९५ लाख १७ हजार ५ सय रुपैयाँको स्रोत खुलाउन नसक्दा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा आइतबार जाँचका क्रममा झोलामा उक्त रकम बरामद भएपछि पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर-३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरीको सप्तकोशी-१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोर्दी-३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

चारै जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ। ‘सडकमा दुई वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा सवार उनीहरुको झोला खानतलासी भेटिएको पैसाको स्रोत खुलाउन सकेनन्,’ एसपी बोहराले भने, ‘त्यसैले रकमसहित नियन्त्रणमा लिइएको हो।’ रकमसहित पक्राउ चारै जानमाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए।