BIZMANDU
www.bizmandu.com

मण्डलामा सम्बन्धमा आउने उतावचढाव मञ्चन, ‘कथा-एक’ को सन्देश के ?

२०८२ बैशाख २२

मण्डलामा सम्बन्धमा आउने उतावचढाव मञ्चन, ‘कथा-एक’ को सन्देश के ?
मण्डलामा सम्बन्धमा आउने उतावचढाव मञ्चन, ‘कथा-एक’ को सन्देश के ?


काठमाडौं। काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा ‘कथा-एक’ नाटक मञ्चन भइरहेको छ। अनुप न्यौपानेले निर्देशन गरेको यो नाटकमा वैवाहिक जीवनको मतभेदले त्यसले निर्माण हुने परिस्थितिलाई प्रस्तुत गरिएको छ।

Vigo
GBIME
Tata

नाटकमा सम्बन्ध विच्छेद विकल्प नभएको कुरालाई दर्साउन खोजिएको छ। सम्बन्धलाई दिगो बनाउन दुई जनाबीच संवादलाई महत्त्व नाटकमा दिइएको छ।

वैशाख १२ गतेदेखि मञ्चन भइरहेको ‘कथा-एक’ वैशाख २८ गतेसम्म प्रस्तुत हुनेछ।

नाटक प्रत्येक दिन (सोमबारबाहेक) बेलुकी ६ः३० बजे मञ्चन हुँदैछ। साथै, हरेक शुक्रबार र आइतबार दिउँसो ४ बजे र शनिबार दिउँसो ३ बजे अतिरिक्त शोहरू प्रस्तुत हुनेछ।

नाटकको सहनिर्देशन मिलन कार्कीले गरेका हुन्। यस नाटकमा वेदना राई,  संयोग गुरागाईं, सनम श्रेष्ठ, क्रिस्टिना बस्नेत, प्रेम सिलवाल विश्वकर्मा, मिलन कार्की, र अजय कार्कीले अभिनय गरेका छन्।