BIZMANDU
www.bizmandu.com

सुनको कारोबार मूल्य प्रति तोला ६ सय बढ्दा चाँदी तोलामा २० रुपैयाँ सस्तियो

२०८२ बैशाख २१

सुनको कारोबार मूल्य प्रति तोला ६ सय बढ्दा चाँदी तोलामा २० रुपैयाँ सस्तियो
सुनको कारोबार मूल्य प्रति तोला ६ सय बढ्दा चाँदी तोलामा २० रुपैयाँ सस्तियो


काठमाडौं। सुनको मूल्य फेरि बढ्न थालेको छ। साताको पहिलो दिन तोलामा ६ सय रुपैयाँ वृद्धि हुँदै कारोबार मूल्य प्रति तोला १ लाख ८४ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

गत शुक्रबार सुन प्रति तोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आइतबार घटेको छ। २० रुपैयाँ घट्दै प्रति तोला १ हजार ९ सय १० रुपैयाँ भएको हो। अघिल्लो दिनको भन्दा १५ रुपैयाँ बढेर गत शुक्रबार कारोबार मूल्य प्रति तोला १ हजार ९ सय ३० रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन आइतबार प्रति औंस ३२४१.३६ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस ३२.०५ डलर छ।