काठमाडौं। काठमाडौं फिनटेकले फिनटेक अलायन्स नेपालको सहकार्यमा नेपाल फिनटेक फेस्टिभल आयोजना गर्ने भएको छ। कार्यक्रम वैशाख २५ गते काठमाडौंमा आयोजना हुँदैछ।
उक्त कार्यक्रमलाई ग्लोबल फिनटेक अलायन्स, एसिया फिनटेक अलायन्स, ग्लोबल फिनटेक फेस्टिभलका आयोजक फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेसनल डिजिटल इकोनोमिज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम र पीएसपी एसोसिएसनलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको समर्थन प्राप्त भएको छ।
कार्यक्रममा डीबीएस बैंकका पूर्व चिफ इनोभेसन अफिसर नील क्रस, कोटाक महिन्द्रा बैंकका पूर्व चिफ डिजिटल अफिसर दिपक शर्मा, द डिजिटल फिफ्तका सीइओ समीर सिंह जैनि, लाइरा नेटवर्कका सीइओ राजेश देसाईलगायत बैंकिङ र फिनटेक क्षेत्रका व्यक्तिहरुले सम्बोधन गर्दैछन्।
यस्तै, नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले पनि कार्यक्रमलाई सम्बोधन गर्दैछन्।
नियामक निकायका प्रतिनिधि, बैंकर्स, फिनटेक व्यवसायी, शैक्षिक क्षेत्रका विज्ञको उपस्थिति रहने यस कार्यक्रममा नवीनतम् प्रविधि र फिनटेक सोलुसनको प्रदर्शनी, उत्पादन प्रदर्शन तथा फिनटेक कम्पनीबीचको सहकार्य तथा सम्झौता हुँदैछन्।