BIZMANDU
www.bizmandu.com

ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा, परीक्षण उत्पादनको तयारी

२०८२ बैशाख २१

ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा, परीक्षण उत्पादनको तयारी
ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा, परीक्षण उत्पादनको तयारी


काठमाडौं । रघुगंगा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ।

GBIME
Tata

संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट  म्यानेजर’ विनोद पौडेलले जानकारी दिए।

उनका अनुसार, बाँध, सुरुङ, विद्युत गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ। २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमामा टर्बाइनलगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उनल बताउए।

आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रसारणमा जोड्नका लागि ८ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ। आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ।

कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेनस्टक पाइप हुँदै ल्याइने पानीलाई छरीस्थित रघुगंगा नदी किनारमा निर्माण भएको विद्युत गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ। यस आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरुङ र ६३४ मिटर पेनस्टक टनेल रहेको छ।

गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ। तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ।

आयोजनामा सिभिलतर्फ साकुरा पावर-त्रिपल एस जेभीले ठेक्का लिएको थियोभने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो। रासस