BIZMANDU
www.bizmandu.com

देशलाई कृषि उपजमा आत्मनिर्भर बनाउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गरिने

२०८२ बैशाख १९

देशलाई कृषि उपजमा आत्मनिर्भर बनाउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गरिने
देशलाई कृषि उपजमा आत्मनिर्भर बनाउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गरिने


काठमाडौं। सरकारले कृषि उपजमा देशलाई आत्मनिर्भर बनाउन यान्त्रिकीकरण र विशिष्टीकरण गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्‍मा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यसबारे उल्लेख छ।

Tata
GBIME
NLIC

निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै कृषि उपजमा देशलाई आत्मनिर्भर बनाउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गरिने भएको हो।

कृषिमा युवालाई आकर्षित गर्न भूमि, कृषि सामग्री, बीमा, खरिद सम्झौता र बजारको बलियो इकोसिस्टम कायम गरिने पौडेलले बताए।

कृषि क्षेत्रको जुनसुकै विधामा उद्यम गर्न चाहनेलाई यस प्रणालीमा आबद्ध गरी पाइलट प्रोजेक्ट सुरु गर्ने सरकारको योजना छ।कृषि अनुदानको लाभ वास्तविक किसानले मात्र पाउने व्यवस्था गरिने भएको छ।

सरकारले कृषि बीमाको दायरा विस्तार गर्ने भएको छ। विपन्न किसानलाई सहुलियतपूर्ण ऋण र परिचय पत्रसहित सेवा सुविधा दिइने भएको छ।

किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिने बताइएको छ। व्यावसायिक खेतीमा बाली लगाउनुअघि न्यूनतम समर्थन मूल्य निर्धारण र बाली लगाएपछि अग्रिम कृषि उपज खरिद सम्झौता गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।