काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गर्ने घोषणा फेरि पनि दोहोर्याएको छ।
नेप्से पुनर्संरचनाको फाइल डेढ वर्षदेखि अर्थ मन्त्रालयमा अड्किएकामा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत नेप्सेको पुनर्संरचना गरी पुँजी बजारको क्षमता र पारदर्शिता वृद्धि गर्ने घोषणा दोहोर्याएको हो।
पूर्वसचिव रामेश्वर खनाल अध्यक्ष रहेको आयोगले केही समयअघि सेयर निजी क्षेत्रलाई बेचेर नेप्सेको पुनर्संरचना गर्न सुझाव दिएको थियो। नेप्सेले आफ्नो पुनर्संरचनाको फाइल २०८० मंसिरमा अर्थ मन्त्रालयमा बुझाएको थियो।
नीति तथा कार्यक्रमका अलावा बजेटमार्फत पनि पुनर्संरचना गर्ने घोषणा गर्दै आएको सरकारले अहिलेसम्म निर्णय लिन भने सकेको छैन।